पाँचपोखरीमा एमाले, माओवादी र राप्रपाका १५० कार्यकर्ता कांग्रेसमा प्रवेश
पाँचपोखरी । सिन्धुपाल्चोक जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर १५० जना स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले, राप्रपा र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापाले नवप्रवेशीहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् । थापाले नवप्रवेशीहरूलाई इमान्दारिताका साथ कांग्रेसको संगठन निर्माण गर्न निर्देशन समेत दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद नीमा लामा, ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया