सेनामा १०२ जनाले अधिकृतमा नाम निकाले, संगीताले सबैलाई उछिनन्

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट छनौटको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उत्तीर्ण भएको उल्लेख छ ।

सि.स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्ध सबैलाई जंगी अड्डाले बधाई दिएको छ ।

संगीता धामी मर्यादाक्रममा प्रथम हुन सफल क्याडेट भएकी छिन् ।

नेपाली सेनाका अ.प्रा. केशकर्तक सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारी ठाकुर पनि उत्तीर्ण भएकी छिन् ।

Published : Tuesday, 2021 March 23, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया