सरकारले पार्टीभित्रको खिचातानी र अबरोधले काम गर्न सकेनः गंगा चौधरी
काठमाडौं । एमालेकी सांसद गंगा चौधरी सत्गवाँले पार्टीभित्रको खिचातानीले सरकारले निर्धक्का साथ काम गर्न नसकेको बताएकी छिन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले सरकारले गरेका राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताइन् । उनले प्रमुख विपक्षी दलबाट भन्दा पनि आफ्नै पार्टीभित्रबाट सरकारलाई असहयोग भएको बताएकी छिन् ।
‘बिडम्बनानै भन्नुपर्छ सरकारलाई प्रतिपक्षभन्दा आफ्नै पार्टीभित्रको खिचातानी र अबरोधले निर्धक्कसँग काम गर्न नसकेको तितो यथार्थ हो’, सांसद चौधरीले भनेकी छिन्, ‘सरकारले गरेका राम्रा कामहरूको पनि उचित प्रचार प्रसार हुन सकेन ।’
उनले भनेकी छिन्, ‘राष्ट्रियता र विकास निर्माणको सन्दर्भमा देखिने खालका धेरै राम्रा कामहरू नभएको होइनन् । तर, ती सबै छायाँमा परे । हलो अड्काउने अनि गोरु चुट्ने काम भयो ।’
‘आम निर्वाचनमा वाम गठबन्धनलाई राजनीतिक स्थिरताको लागि र स्थिर सरकारको लागि जनताले झण्डै दुईतिहाइ बहुमतका साथ विजयी बनाएका थिए’, उनले भनेकी छिन्, ‘अब चाहिँ देशमा राजनीतिक स्थिरता हुने भयो । समृद्ध नेपाल र सुखी नेपालीको अभिलाषा पूरा हुने भने भनेर आम जनता र हामी पार्टीका इमान्दार कार्यकर्ता, शुभेच्छुक, खुसीले गदगद भएका थियौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया