ओलीका सल्लाहकार थापाको चुरीफुरी निकै बढ्यो, हैसियत भुल्दा फोहरमा खसे
काठमाडौं । एमालेका नेता एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आत्महत्या गर्ने भनेर तल्लोस्तरको टिप्पणी गरेका छन् ।
थापाले प्रधानमन्त्री ओलीबिरुद्ध दाहालले दिएका आपत्तिजनक अभिब्यक्तिलाई लिएर कठोर टिप्पणी गरेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालविरुद्ध अभिव्यक्ति दिएका छन् ।
‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, उनले भनेका छन्, ‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन ।’
थापाले भनेका छन्, ‘रिसाएको बिरालोले खाबो चिथोर्छ ! पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ !’
‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन्’, थापाले भनेका छन्, ‘प्रचण्डलाई संभवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !’
‘विगतमा दश वर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० वर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’, थापाले दाहालसँग प्रश्न गरेका छन् ।
‘नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?’, थापाको प्रश्न छ ।
‘उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जीविकोपार्जन गर्नुभएको थियो ?’, प्रश्न गर्दै उनले भने, ‘नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९।५ बर्षसम्म ? कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?’
थापाले भने, ‘आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरुद्ध गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?’
‘आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला’, थापाले भने, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।’
प्रधानमन्त्री ओलीका सल्लाहकार रहेका थापाले आफ्नो पदीय मर्यादा भुलेर पूर्वप्रधानमन्त्री समेत भइसकेका माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध दिएका अभिव्यक्ति अत्यन्तै तल्लोस्तरको रहेको टिप्पणी कम्युनिस्ट नेताहरूले गरेका छन् ।
पार्टी एकीकरण हुँदा शुरुका दिनमा यिनै थापाले दाहालको गुणगान गाउनेदेखि ओली र दाहालका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल बनाउँथे । अहिले कुरा नमिलेपछि थापाले ओली र आफ्नो पदीय मर्यादा भुलेर तल्लोस्तरको गालीगलौजमा उत्रिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया