जोशीको स्वास्थ्य लाभका लागि ललितपुर नेविसंघद्वारा दीप प्रज्वलन
ललितपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको शीघ्रस्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन गरेको छ ।
ललितपुरको लगनखेलस्थित बटुक भैरब मन्दिर परिसारमा नेविसंघले आइतबार साँझ दीप प्रज्वलन गरेको हो । नेविसंघका नेताहरूले जोशीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
कंग्रेस नेता जोशीलाई ब्रेन ह्यामरेज भएपछि २ हप्तादेखि थापाथलीको नर्भिक अस्पतालमा भेन्टिलेटमा उपचार भइरहेको छ ।
नेता जोशीले देश र जनताका ठूलो योगदान दिएका छन् । उनले भूमिगतकालदेखिनै कांग्रेसको संगठनमा काम गरेका थिए ।
कांग्रेस नेता जोशीको स्वास्थ्य लाभको कामना गरेर दीप प्रज्वलन गरेको नेविसंघ ललितपुरका अध्यक्ष मथुरा शर्माले जानकारी दिएका छन् ।
नेविसंघ ललितपुरका सचिव दीपक घिमिरे ‘समिर’ले नेविसंघको महामन्त्री भइसकेका नेता जोशी बिरामी हुँदा नेविसंघका नेता कार्यकर्ताहरूले शीघ्रस्वास्थ्य लाभको कामना गरिएको बताए ।
दीप प्रज्वलन कार्यक्रममा ललितपुर जिल्लाका ३ वटै क्षेत्रका विद्यार्थी नेताहरूको उपस्थित रहेको सचिव घिमिरेले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया