निषेधको राजनीति गर्दा संकट आयोः राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (राजपा)का सांसद राजकिशोर यादवले आफूहरूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार संसदको बैठकमा बोल्दै सांसद यादवले एक दलले अर्को दलको अस्तित्व स्वीकार नगर्दा वर्तमान राजनीतिक गतिरोध समाधान गर्न कठिन भएको बताए ।

उनले जस्तो थिति बसाल्यो त्यस्तै प्रणाली निर्माण हुने बताएका छन् । यादवले भने, ‘विश्वको सबैभन्दा उत्कृष्ट संविधान भन्नेबीच नै विभिन्न खालका समस्या देखिएका छन् ।’

‘बबुर रोपेपछि अंगुर खान कहाँ पाइन्छ ? हामीले जसरी थिति विधिलाई मिच्यौँ’, उनले भने, ‘एकअर्काको अस्वित्वलाई स्वीकार गरेनौँ । जसरी एकअर्कोबीच सहकार्य गर्न निषेध गर्‍यौँ । अहिले जुन प्रकारको गतिरोध देखा परिहरेको छ । त्यसको परिणाम हो ।’

जसपा सहमतीय राजनीतिको पक्षधर भएको सांसद यादवले बताएका छन् । उनले भने, ‘अहिले पनि मुलुलाई अगाडि बढाउने हो, निषेध होइन । एक अर्कोलाई आरोपप्रत्यारोप होइन ।’

‘हामीबाट कहाँ कहाँबाट कमजोरी भयो हामी सबै आत्मसमीक्षा गरौँ’, उनले भनेका छन्, ‘इमान्दारीपूर्वक जिम्मेवारीपूवर्क देश र जनतालाई केन्द्रविन्दुमा राखौँ ।’

उनले भने, ‘हामी देश जनता र नेपालको स्वधिताप्रति नेपालको अखण्डताप्रति नेपाली जनताको जीवन सुधार गर्न लागिपरेका छौँ ।’

‘हामी सबैले आत्मसमीक्षा गरौँ’, उनले भने, ‘आ–आफ्नै ढंगले दन्तबजान नगरौँ ।’ जसपाका सांसद यादवले पछिल्लो समय नेताहरूको बोली र शैली फेरिएको बताएका छन् ।

Published : Friday, 2021 March 19, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया