ओलीका सबैभन्दा विश्वासिला र शक्तिशाली मान्छेले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।

कार्यकाल सम्हालेको तीन वर्षपछि खरेलले शुक्रबार राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता कार्यालय स्रोतले खरेलको राजीनामाबारे शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।

केपी ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग भएका छन् । त्यस बेला खरेलले ओलीको ठूलो बचाउ गरेका थिए ।

अहिले आएर एमाले विभाजनको संघारमा छ । यो बेला ओलीलाई आफ्नै कानूनी सल्लाहकारले छाड्न लागेका छन् ।

महान्यायाधीशवक्ता खरेल संविधान सभाका सदस्य समेत थिए । उनी कानून मन्त्री समेत बनेका थिए ।

ओलीले विश्वास गर्ने भएकाले खरेललाई कानूनी सल्लाहकार अर्थात महान्यायाधीक्ता बनाएका थिए ।

Published : Friday, 2021 March 19, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया