काठमाडौंका कम्युनिस्ट मेयर शाक्यका वडा सचिव घुससहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव चार लाख घुसको रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव भरतकुमार पोखरेललाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सचिव पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले पोखरेल रकमसहित पक्राउ गरेको थियो ।
चार लाख अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पोखरेलकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरमा भ्रष्टाचार नरहेको भनेर बेलाबेला दावी गर्दै आएका छन् ।
एमालेबाट निर्वाचित कम्युनिस्ट मेयर शाक्यको दाबीलाई नङ्ग्याउने गरेर अख्तियारले वडा सचिवलाई चार लाखसहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया