स्व.लोकमणि गिरीको सम्झनमा दाङमा श्रद्धाञ्जलि सभा, रामचन्द्रसहितका दर्जन नेताहरू सहभागी

घोराही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले दाङ कांग्रेसका नेता स्व.लोकमणि गिरीप्रति श्रद्धाञ्जलि दिएका छन् ।

नेपाली कांग्रेस दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरूले स्व.गिरीको योगदानको चर्चा गरेका हुन् । उनलेहरूले स्व.गिरीको पार्थिव शरीर नरहेपनि जनतालाई अधिकार सम्पन्न बनाउन विगतमा गरेको संघर्षबाट शक्ति आर्जन गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनीहरूले स्व.गिरीको निधन भएपनि मार्गदर्शनलाई सबैले पछ्याउनुपर्ने बताएका छन् । कांग्रेसका नेताहरूले अहिलेको अवस्थामा स्व.गिरीको योगदान र त्यागको झन् आवश्यक्ता पार्टीभित्र रहेको बताएका थिए ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको श्रद्धाञ्जलि सभा कार्यक्रममा वरिष्ठ नेता पौडेलका साथै स्व.गिरीका छोरा दीपक गिरी, केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, रामकृष्ण यादव, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, पूर्वसांसद गेहेन्द्र गिरी, पूर्वसांसद राजु खनाल, पूर्वसांसद सुशीला चौधरी, पूर्वसांसद बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका सांसद अर्जुन श्रेष्ठ, डिल्ली चौधरी, शंकर गिरी, चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ, सिन्धुली कांग्रेसका सभापति उज्वल बराल, पूर्वसांसद मोहन बराल, बिजुल विश्वकर्मा, पूर्वसचिव कमलकिशोर घिमिरे, नेविसंघका महामन्त्री दीपक भट्टराई, उमेशजंग रायमाझी, दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, जानकीलाल बस्नेत, वीरकेश्वरी गौतम, भरतबहादुर न्यौपाने, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, केशव आचार्य, सावित्री रानालगायतले स्व.गिरीलाई श्रद्धाञ्जलि दिएका थिए ।

स्व.गिरी प्रजातान्त्रिक आन्दोलनका धरोहर हुन् । उनी दाङ कांग्रेसमा धरोहर बनेर बसेका थिए ।

दाङ कांग्रेसका पूर्वसल्लाहकार समेत रहेका स्व.गिरी २०३६ सालको जनमत संग्रहमा देशभक्त बहुदलीय प्रजान्त्रिक मोर्चाका संयोजक रहेका थिए ।

स्व.गिरीका छोरा दीपक गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । दीपक गिरीले आफ्नो बुबाले देखाएको मार्गलाई अफूले सधैँ आदर्शका रुपमा लिएर अगाडि बढ्ने बताएका छन् ।

Published : Thursday, 2021 March 18, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया