डा.महत र शाहद्वारा गिरीका बुबाप्रति श्रद्धाञ्जलि व्यक्त
तुलसीपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका बुबाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
डा.महतले दाङको तुलसीपुरमा बुधबार नेता गिरीलाई भेटेर शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेका हुन् । कांग्रेसका नेता एवम् पूर्वसांसद राजिव बिक्रम शाहले पनि नेता गिरीका बुबाप्रति श्रद्धाञ्जलि दिएका थिए ।
केन्द्रीय सदस्य गिरीका बुबा लोकमणि गिरीको निधन भएकोमा कांग्रेसका नेताहरूले दुःख व्यक्त गरेका थिए । उनीहरूले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सह–महामन्त्री डा.महतले बुधबारनै दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्कासहितका नेताहरूसँग भेट गरेको कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्य प्रज्ञान न्यौपानेले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया