अग्निकै क्षेत्रमामा कांग्रेससँग प्रतिस्पर्धा गर्न डराए भागे कम्युनिस्ट, बस्नेत निर्विरोध
चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत ‘राजकुमार’ निर्विरोध चयन भएका छन् ।
संघको अध्यक्ष पदमा बुधबार बस्नेतको मात्रै उम्मेदवारी परेपछि निर्वारोध भएका हुन् । एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले अध्यक्षमा कांग्रेससँग प्रतिस्पर्धा गर्न आँट नआएपछि उम्मेदवारीनै दिएनन् । कांग्रेसका बस्नेतको मात्रै उम्मेदवारी परेको थियो ।
संघको नयाँ नेतृत्वका लागि बुधबारबाट निर्वाचन प्रक्रिया शुरु भएको छ । संघको चैत ७ मा निर्वाचन तोकिएको छ ।
अध्यक्ष पदमा बस्नेतले मात्रै उम्मेदवारी दर्ता गरेका थिए । बस्नेत संघमा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । उनी क्षमादेवी ग्रुपमा आवद्ध छन् । उनी समाजसेवीसमेत हुन् ।
सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरूले बस्नेतलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएका हुन् ।
यसअघिका सबै पूर्वअध्यक्षहरूले पनि बस्नेतलाई अध्यक्षका लागि सघाएका थिए । संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनीत गरि छानिनेछ ।
१७ सदस्यका लागि हुने मतदानका लागि बुधबार तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उद्योगी, व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २५औं साधारण सभा तथा १०औं अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको छ । संघमा २ हजार ३२ सदस्य छन् ।
सबै मतदाताहरूले सहयोग गर्ने भएपछि कांग्रेस निकटका बस्नेत निर्वारोध भएका हुन् । बस्नेत व्यवसायीहरूका बीच लोकप्रिय छन् ।
सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले विभिन्न तिकडम गरेर अध्यक्षमा आफ्नो पार्टीका उम्मेदवार बनाउन खोजेका थिए । कांग्रेससँग हार्ने भएपछि डराएर एमाले र माओवादी केन्द्रले उम्मेदवारी नै दिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया