कम्युनिस्टहरूले अपराधी संरक्षण गरेः तरुण कोषाध्यक्ष गुरुङ

बेनी । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले वामपन्थीहरूको सरकारले अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

म्याग्दी जिल्लाको बेनीमा नेपाल तरुण दल बेनी नगरपालिका–५ वडा कार्यसमितिको आयोजना आयोजित मेला समापन समारोहलाई सम्बोधन गर्दै गुरुङले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले जनतालाई सुरक्षा दिन नसकेको बताए ।

कोषाध्यक्ष गुरुङले कम्युनिस्टहरू असफल भएर हात उठाएकाले कांग्रेसले मुलुकलाई निकास दिने बताए । उनले कांग्रेसले देश र जनताको पक्षमा काम गर्ने बताए ।

कांग्रेसका युवा नेता समेत रहेका गुरुङले निर्मलाको बलात्कारपछि हत्या भएको काण्डको निष्पक्ष छानविन हुनुपर्ने बताए । उनले घटनाको निष्पक्ष रुपमा छानविन हुने होभने केपी ओलीको सरकार र मन्त्रीहरूको असलियत जनताले थाह पाउने बताए ।

कोषाध्यक्ष गुरुङले अहिलेपनि नागरिकको स्वास्थ्य, सुरक्षामा सरकार कमजोर सावित भएको बताए ।

उनले अन्यायमा परेका नागरिकलाई न्याय र अवला दिदीबहिनीहरूको सुरक्षाका लागि तरुण दलको स्थापना भएको बताउँदै समाजको सकरात्मक परिवर्तनमा अग्रणी भूमिका खेल्न तरुणहरूलाई आग्रह गरेका छन् ।

बेनीमा फागुन २७ गतेदेखि सञ्चालित महाशिवरात्रि पर्वका अवसरमा आयोजित मेलाको समापन समारोहमा तरुण कोषाध्यक्ष गुरुङ प्रमुख अतिथिका रुपमा सहभागी भइ तरुणहरूको मनोबल उच्च बनाइदिएका हुन् ।

Published : Tuesday, 2021 March 16, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया