कांग्रेस नेता खतिवडाको पहलामा ओखलढुंगामा गुम्बा बनाउन २० लाख विनियोजन
चिशंखुगढी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको पहलमा सरकारको तर्फबाट चोम्देन छोलिङ गुम्बालाई वीस लाख रुपियाँ विनियोजन भएको छ ।
ओखलढुङगा जिल्लाको चिशंखुगढी गाउँपालिका– ७ मा रहेको गम्बा निर्माणका लागि खतिवडाले रकमको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धताअनुसार पुरातत्व विभागमार्फत २० लाख रुपियाँ विनियोजन भएको खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
केही समय पहिला सोही वडामा भएको पार्टी प्रवेश कार्यक्रममा खतिवडाले गम्बा निर्माणका लागि रकमको व्यवस्था गर्न पहल गर्ने आश्वासन दिएका थिए ।
खतिवडा आइतबार पुरातत्व विभागका ईञ्जिनियरसहित सो स्थानमा पुगेर रकम विनियोजन भएको बारेमा स्थानीयहरूलाई जानकारी गराएका छन् ।
‘तपाईहरूले हामीलाई जुन रुपमा विश्वास गरेर आउनुभयो त्यो विश्वास मर्न दिने छैन’, खतिवडाले भनेका छन्, ‘चोम्देन छोलिङ गुम्बालाई केही न केही गर्नेछु भनेको थिएँ । त्यो प्रातिबद्धतालाई सार्थक बनाउन पुरातत्व विभागका इञ्जिनिएरसहितको टिम यो ठाउँमा पुग्यो । खुसी लागेको छ ।’
०७८ सालको असार महिनाभन्दा पहिलानै गुम्बाको काम सकिने गरी उपभोक्ता समितिमार्फत काम हुनेछ । खतिवडाले गुम्वा निर्माणको कार्यलाई पारदर्शी रुपमा गर्न पनि अनुरोध गरेका छन् ।
यसैबीच, खतिवडाले गृहजिल्ला ओखलढुंगाका विभिन्न स्थानमा कांग्रेसका नेता कार्यकर्ताहरूसँग भेट गरेका छन् । उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने गरेर संगठन निर्माणको काममा लाग्न सबैलाई आग्रह गरेको स्वकीय सचिव राईले जानकारी दिए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया