देशलाई निकास दिन नेतृत्व लिन तयार छुः देउवा
बारा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछाडि नहट्ने बताएका छन् ।
बारा जिल्लाको पचरौता नगरपालिकाअन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा कांग्रेसको खेलकुद विभागले आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आइतबार उद्घाटन गर्दै देउवाले कांग्रेस पदको लोभी नभएको बताए ।
देउवाले भनेका छन्, ‘जब–जब देशमा संकट आएको छ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ ।’
उनले भने, ‘अहिले पनि देशको राजनीति संकटले सरकार अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन म तयार छु ।’
कांग्रेसका सभापति देउवाले खेलकुद विकास गर्न पार्टीले खेलकुदलाई जहिल्यै प्राथमिकतामा राखेको बताएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले देश अनिर्णयको बन्दी बन्छ भने कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताए ।
बस्नेतले दुईतिहाइको नजिक रहेका कम्युनिस्टले देश चलाउन नसकेर कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष देश चलाइदेउ भनेर लम्पसार परेको बताए ।
उनले कांग्रेसले नै देश चलाउने भए कम्युनिस्ट बिचौलियाहरूलाई भोट नदिन मतदाताहरूसँग अनुरोध गरेका छन् ।
‘दुईतिहाइको नजिक रहेको कम्युनिस्ट पार्टीको सरकारबाट जनता वाक्कदिक्क भएका छन् । भोलिका दिनमा चाँढोभन्दा चाँढो निर्वाचन गरेर कम्युनिस्टको कुशासन अन्त्य होस् भन्ने पक्षमा जनता छन्’, उनले भने, ‘हिजो यिनीहरूले जुन दृष्टीकोण, जुन बहुमतबाट कुशासन गरे । देशमा हिंसा, हत्या बलात्कारलाई बढी महत्व दिएका छन् ।’
सभापति देउवाले खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन् । हजारौँ नेता कार्यकर्ताको उपस्थितिमा देउवाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
कांग्रेस आफैले स्व.खुमबहादुर खड्काको नाममा गरेको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो प्रयोग हो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया