सह–महामन्त्री डा.महत कैलाली र कञ्चनपुरका कार्यक्रममा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत कैलाली र कञ्चनपुर जिल्लामा हुने कार्यक्रममा भाग लिन जान लागेका छन् ।

डा.महत कार्यक्रममा भाग लिन आइतबार धनगढी प्रस्थान गर्न लागेको निजी सचिवालयले जनाएको छ ।

डा.महत राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । सह–महामन्त्री डा.महत चैत १ गते दिउसो ४ बजे धनगढी जानेछन् ।

चैत २ गते दिउसो २ बजे महेन्द्रनगरमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन् । चैत ३ गते बिहान ८ बजे कैलालीको लम्की बजार र सोही दिन बिहान ११ बजे टीकापुरको कार्यक्रममा सहभागी भएर नेता कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

Published : Sunday, 2021 March 14, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया