ओलीलाई नक्कली मयुरभन्दै कांग्रेस नेता खाणले खुइल्याए
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले उपलब्धी च्यातेर देशलाई निरकंशुतातर्फ धकेल्न खोज्ने शक्ति समाप्त भएर जाने चेतावनी दिएका छन् ।
बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेस नेता खाणले केपी ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथिको प्रहार शुरु भएको बताए ।
खाणले संविधान च्यातेर अधिनायकबाद र सर्वसत्तावाद र लाद्न खोज्नेहरू सिद्धिने बताएका हुन् । ओलीले प्रधानमन्त्री भएपछि विभिन्न विधेयक, अध्यादेशमार्फत देशमा निरकुंशता र सर्वसत्तादवाद लाद्न खोजेको उनले आरोप लगाएका छन् ।
नेता खाणले भने, ‘ओली प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी मिडिया विधेयक ल्याए ।’
‘संस्कृतिमाथि प्रहार गर्न गुठी विधेयक, मानवअधिकार कुण्ठित हुनेगरी मानवअधिकार विधेयक ल्याए’, खाणले भने, ‘राष्ट्रिय सुरक्षा विधेयकमार्फत देशका सुरक्षा अगंहरूलाई समेत नियन्त्रणमा लिने चेष्टा गरे ।’
पछिल्लो समय देशमा दुई वटा राजनीति धारबीच आन्दोलन चलिरहेको उनले बताएका छन् ।
‘एउटा संविधानको रक्षा गर्ने र अर्को संविधानलाई कुल्चिएर देशलाई अधिनायकवाद लैजान खोज्ने शक्ति छ’, उनले भनेका छन् ।
ओली सरकार संविधान भङ्ग गर्ने खेलमा लागीरहेको भन्दै उनले कांग्रेससहितका अन्य केही दल संविधानको रक्षार्थ आन्दोलित रहेको बताए ।
‘नक्कली मयुरले सिंहदरबारमा बसेर जनता झुक्काइ रहेछ । असली मयुर फाँटमा छ’, कांग्रेस नेता खाणले भने, ‘जनताले असली र नक्कली छुट्याउनुपर्ने आश्वयक छ ।’
कांग्रेस नेता खाणले ओलीलाई नक्कली मयुरको संज्ञा दिएका छन् । ओलीले सिंहदरबारमा बसेर जनतालाई झुक्याइरहेको उनले बताए ।
कांग्रेस नेता खाणले संविधानको हत्या गर्न खोज्ने शक्तिलाई परास्त गर्दै देशलाई सहि निकास दिने कार्यमा नेपाली कांग्रेसले नेतृत्व गर्ने बताएका छन् ।
उनले भने, ‘नेपालको राजनीतिमा लागेको कालो बादल केही दिनमा हटेर चाँदीको घेरा देखिनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया