बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरु

काठमाडौं । भारतीय राजदूतावासको सहयोगमा बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण शुरु भएको छ ।

बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

धर्मशालाको पुनर्निर्माण भारत सरकारको नेरु ५.८ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनःस्थापना परियोजनामध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ ।

यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

Published : Thursday, 2021 March 11, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया