तरुण उपाध्यक्ष चापागाइँका भाञ्जाको जर्मनीमा निधन, शव ल्याइन अनुरोध

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँका भाञ्जाको जर्मनीमा निधन भएको छ ।

उच्च शिक्षा हासिल गर्ने शिलशिलामा जर्मनीमा रहेका २२ वर्षीय भाञ्जा पेसल दाहालको निधन भएको हो । आफ्नै कोठामा निधन भएको अवस्थामा दाहालको शव भेटिएको थियो ।

दाहालको असामयिक मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक गर्न परिवारजनले माग गरेका छन् ।

दाहालको पार्थिव शरीरलाई स्वदेश ल्याइदिन नेपाल सरकार र सरोकारवाला निकायसँग परिवारजनले माग गरेका छन् ।

दाहालले जर्मनीको डामस्टाड शहरमा अध्ययनरत थिए । दाहालको निधनबारे जर्मनीको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

दाहालका बुबा विमलप्रसाद दाहालले छोरको शव नेपाल ल्याइदिने व्यवस्था गरिदिन माग गरेका छन् । स्व.दाहालको नेपालमा सुनसरी जिल्लाको प्रकाशपुर– १० मा स्थायी घर रहेको छ ।

Published : Wednesday, 2021 March 10, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया