कांग्रेस नेता बस्नेतद्वारा इलाम र पाँचथरमा फुटबल हस्तान्तरण, नेता कार्यकर्तासँग भेटघाट
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले इलाम र पाँचथरमा फुटबलहरू हस्तान्तरण गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका बस्नेतले बुधबार इलाम र पाँचथरका जिल्ला फुटबल संघलाई फुटबल हस्तान्तरण गरेका हुन् ।
फुटबल हस्तान्तरण गर्ने क्रममा नेता बस्नेतले खेलकुदले देशका खेलाडीहरूको मनोबल उच्च बनाउनेभन्दै खेलकुदका गतिविधि गरिरहन निर्देशन समेत दिएका छन् ।
कांग्रेस नेता बस्नेतले इलाम र पाँचथरका पार्टीका नेता कार्यकर्ताहरूसँग पनि भेट गरेका छन् ।
ताप्लेजुङका अग्निपीडितहरूलाई राहत वितरण गर्न कांग्रेस नेता बस्नेतले बुधबार काठमाडौंबाट झापा हुँदै ताप्लेजुङतर्फ आएका हुन् ।
बस्नेतले बिहीबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अग्निपीडितहरूलाई राहत वितरण गर्नेछन् । त्यसपछि ताप्लेजुङका पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया