पचास वर्ष कांग्रेस आउँदैन भन्ने ओली–प्रचण्डलाई प्रसाइँले दिइन् यस्तो जवाफ
दमक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाइँले प्रधानमन्त्री केपी ओलीलाई संविधान र कानून पालना गर्न सचेत गराएकी छिन् ।
नेपाल ठाकुर समाज झापाको मंगलबार आयोजित दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाइँले कांग्रेसमाथि संवैधानिक प्रश्न उठाउनुभन्दा अगाडि ओलीले संविधानको पालना गर्नुपर्ने बताएकी छिन् ।
‘संविधानमा नभएको कुरा गर्दा ओलीजी केही भएन । हामीले संविधानको खिलापको विरुद्ध भएका निर्णय खारेज माग गरेर संसद घेराउ गर्दा संविधान विपरितको कुरा भयो ? कानून अर्कालाई सिकाउने कानून ओलीजी पहिला आफूले पालना गर्नुपर्छ ।’
ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद भङ्ग गरेको भन्दै उनले सर्वोच्च अदालतले ओलीले असंवैधानिक कार्य गरेको भनेर पुष्टिनै गरिदिएको छ ।
‘ओलीले विकासको मूल फुटाउनु हुन्छ भन्ने थियो । ओलीका कारण मुलुक अगाडि होइन पछाडि फर्किएर गएको छ । के कारणले हो केपीजी ?’, उनले भनेकी छिन्, ‘केपीजीले फेरि चुनाव गरौँभन्दै म दुईतिहाइ ल्याउँछु भनेर भन्नुभएको छ । भोट देउ जनता भन्नुभएको छ ।’
उनले भनेकी छिन्, ‘केपीजी जनताले दुईतिहाइको मत दिएर पठाएका हुन् । सात वटा प्रदेशमध्य ६ वटा प्रदेशमा तपाईहरूलाई नै भोट दिएर पठाएका थिए । इतिहासमा न पहिला थियो । न भविष्यमा हुनेछ । दुईतिहाइ मतको सरकार हुँदा पनि मुलुकलाई अग्रगतिमा लैजान सक्नुभएन ।’
‘सरकार पाँच वर्ष चलाउन सक्नुभएन । तपाईलाई जनताले के आशले दुईतिहाइ दिने केपीजी ?’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘जसको सरकार आए पनि पाँच वर्ष सरकार चलाउने भनेर संविधानमा लेखेका थियौँ । केपी र प्रचण्डको द्वन्द्व मिलाउन नसकेर बीचमा संसद भङ्ग गर्नुभयो ।’
‘संसद विघटन नगर्नुस् केपीजी संविधानमा अधिकार छैन भनेर हामीले भन्यौ । उहाँले मेरो अधिकार छ भन्नुभयो’, उनले भनेकी छिन्, ‘सर्वोच्च अदालते संसद पुनःस्थापना रिदियो । ओलीजीको कदम आखिर गलत रहेछ भन्ने प्रमाणित गरेको छ ।’
‘संविधानअनुसार चल्नुस केपीजी । नियम कानूनमा हिँडाउनुस् । जनतालाई निराश नबनाउनुस् ओलीजी’, उनले भनेकी छिन्, ‘जनताले जे भनेर भोट दिएका थिए त्यो भनेर काम गरिदिनुस् ।’
‘हामीले सरकारलाई सहयोग गर्छौं भन्यौँ । तर, ओलीजीले नेपाली कांग्रेस कमजोर भयो भनेर भन्नुभयो । ओली र प्रचण्डले कांग्रेस कहाँ छ भनेर खोज्नुभयो’, उनले सचेत गराउँदै भनेकी छिन्, ‘पचास वर्ष कांग्रेसलाई पछाडि पारेर जान्छौँ भन्ने केपी र प्रचण्डजी तपाईहरू कहाँ हुनुहुन्छ ?’
‘तीन वर्ष पनि सरकार चलाउन सक्नुभएन । जनताको अगाडि आउने अधिकार तपाईहरूलाई ? जहाजको दुइटा क्याप्टन बनेका छौँ भन्थे । हामीले खोजेकै त्यही हो’, उनले भनेकी छिन्, ‘जहाजलाई गननन… उडाएर लैजानुस् । जनतालाई सरर… विकास दिनुस् । दुइटा पाइलटले जहाज उडाउँदा बटन थिच्न बिर्सनुभएछ । गमर्यागुम्रुङ मुलुकलाई दुर्घटनामा पुर्याउनुभएको छ ।’
‘वृद्धवृद्धालाई पाँच हजार दिन्छु भनेर भोट मागेका ओलीले दुई पटक बजेट ल्याउनुभयो’, उनले भनेकी छिन्, ‘आमाबाबु ढाँट्ने ओलीजीले कांग्रेसले प्रश्न उठाएपछि एक हजार थपेर वृद्धभत्ता ३ हजार बनाउनुभयो ।’
‘भोटका लागि मात्रै पाँच हजार बनाउने हो कि बोलेको कुरा पूरा गर्ने हो केपीजी ?’, उनले प्रश्न गर्दै भनेकी छिन्, ‘भत्ता र गीतका भरमा कम्युनिस्टलाई भोट दिने कार्य बुबाआमाहरूले छाड्नुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया