लुङ्ग्रीमा कांग्रेसको प्रशिक्षण, खतिवडासहितका नेताहरूलाई सम्मान

लुङ्ग्री । नेपाली कांग्रेस रोल्पाले लुङ्ग्रीमा अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ ।

लुङग्री गाउँपालिकामा बुधबार आयोजित प्रशिक्षणमा नेताहरूले अबको निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा राखेको रोल्पा कांग्रेसका सभापति अमर पुनले जानकारी दिए ।

नेताहरूले कांग्रेसलाई कम्युनिस्ट अधिनायकवादसँग प्रतिवाद गरेर जानुपर्ने चुनौती रहेको बताएका छन् । उनीहरूले कम्युनिस्टहरू सत्तास्वार्थका लागि पार्टी विभाजन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको बताएका छन् ।

प्रशिक्षणलाई कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, पूर्वसांसद रामहरि खतिवडा, नेताहरू डा.गोविन्द पोखरेल, राजु नेपाल, नेपाली कांग्रेस लुङग्रीका सभापति किमबहादुर विष्टसहितका नेताहरूले धारणा राखेकाथिए । कार्यक्रममा कांग्रेस नेताहरूलाई सम्मानित समेत गरिएको थियो ।

नेपाली कांग्रेस रोल्पाले दुई हप्तादेखि सबै नगरपालिका र गाउँपालिकाहरूमा जागरण अभियन चलाएको छ । जागरण अभियानका क्रममा अगुवा नेता कार्यकर्ताहरूलाई प्रशिक्षण समेत दिइएको छ ।

Published : Wednesday, 2021 March 10, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया