कांग्रेसको धारणाले ओलीलाई हौसला, भूमिगत गिरोह पनि खुसी
काठमाडौं । नेपाली कांग्रेसले सरकार र प्रतिबन्धित विप्लव समूहबीच इमान्दारीपूर्वक वार्ता गर्न आग्रह गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर बहुदलवादमा आधारित संसदीय शासन प्रणालीको परिधिमा रहेर वार्ता गर्न दुबै पक्षलाई सुझाव दिएका हुन् ।
विप्लव समूहलाई भूमिगत गिरोधको आरोप पनि लाग्दै आएको छ । विप्लव समूहले चन्दा उठाउनेदेखि संविधान र कानून विपरितका हर्कत गर्दै आएको छ ।
‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको समेत जनाएको छ ।
विप्लव समूहसँग वार्ता गर्न कम्युनिस्ट सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री खड्गप्रसाद ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गर्न गरेको छ ।
विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेको वार्ता टोली गठन गरेको छ ।
भूमिगत रहेर हिंसाको राजनीति गर्दै आएको विप्लव समूहलाई ओली सरकारले दुई वर्षभन्दा धेरै समयदेखि प्रतिवन्ध लगाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया