कम्युनिस्ट जस्तो डरपोक पार्टी कांग्रेस होइन, नयाँ जनादेशमा जान तयार छः तरुण कोषाध्यक्ष गुरुङ
देवचुली । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् कांग्रेसका युवा नेता विद्वान गुरुङले सर्वोच्च अदालतले दिने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।
नवलपुर जिल्लाको देवचुलीमा नेपाल तरुण दलले आइतबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै गुरुङले संसद पुनःस्थापना भए पनि, नयाँ जनादेशमा जान भने पनि आफूहरू तयार रहेको बताए ।
कम्युनिस्टहरूले संसद विघटन गरेर देशलाई अस्तव्यस्त बनाएको उनले आरोप लगाए ।
‘कम्युनिस्टले ३ वर्षमा नै जनताको सपना चकनाचुर बनाएको छ’, गुरुङले भने, ‘संसद भङ्ग भएको छ । जनतालाई कम्युनिस्टले निर्वाचनमा बोलेका कुरा कुनै पनि पूरा भएको छैन । व्यक्तिगत स्वार्थ र पदका लागि लडाइँ गरेका छन् ।’
कांग्रेसले संसद पुनःस्थापना भए पनि वा नयाँ जनादेशका लागि निर्वाचनमा जान भनियो भने तयार रहेको उनले बताएका छन् ।
‘सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेछ । लोकतान्त्रिक व्यवस्था कायम हुनेछ । कांग्रेस निर्वाचनमा जान तयार छ’, उनले भनेका छन् ।
‘संसद विघटनको विषय सदर भयो भने छ महिनाभित्र निर्वाचन गर्नुपर्छ’, उनले भने, ‘छ महिनाभित्र निर्वाचन गर्न सकेन भने ओलीको सरकारलाई सडकबाट फाल्ने छौँ ।’
विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा विशेष गरेर महिलाका विषयमा धेरै सुधार हुने धेरैको आकांक्षा रहेको बताएका नेता गुरुङले मुलुकमा झन् बलात्कार, हिंसाका घटनाहरू बढेर गएको बताएका छन् । सरकारले गुण्डा, तस्कर भ्रष्टहरूलाई संरक्षण गरेको बताए ।
तरुण कोषाध्यक्ष गुरुङले प्रधानमन्त्री ओलीले बालुवाटार बेचेर खाएका विष्णु पौडेललाई अर्थमन्त्री बनाएको बताए । उनले बालुवाटा बेचेर खाएका पौडेलले सिंहदरबार बेचेर खान सक्ने बताए ।
प्रधानमन्त्री ओलीलाई होलिवाइन खाएर धर्म बेचेर खान सुझाव दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया