भट्टराईद्वारा ३० अर्ब खाने कम्युनिस्टको भण्डाफोर, ओलीलाई सडकमा ल्याउने धम्की
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले संसद भङ्गसम्बन्धी फैसला छिटो गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
गृहजिल्ला तनहुँको दमौलीमा शनिबार कांग्रेसका शुभेच्छुक संस्थाहरूले सरकारविरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले स्वतन्त्र न्यायपालिकाको फैसलामा विश्वास गर्ने संवैधानिक व्यवस्था रहेको बताए ।
‘फागुन १५ गतेसम्म सर्वोच्च अदालतबाट संसद भङ्गसम्बन्धी निर्णय आउला’, उनले भने, ‘त्यो निर्णयलाई मान्ने कुरा हाम्रो संविधानले न्यायिक स्वतन्त्रतामा विश्वास गर्छ । हाम्रो माग चाँडो निर्णय भइदिए हुन्थ्यो भन्नेछ ।’
‘सत्तारुढ दल सक्किएपछि आउने त प्रतिपक्ष हो सत्तामा । हामीले पनि जान्ने भएर ०५१ सालमा मध्यावधी गर्यौँ । जनताले हामीलाई दण्ड दिएर लगेर प्रतिपक्षमा हालिदियो’, उनले भने, ‘नेकपा मिले भनेपनि । फुटेनन् भने पनि कम्युनिस्टलाई जनताले प्रतिपक्षमा लैजान्छन् लैजान्छन् ।’
‘कांग्रेसको संगठन निर्माण गरेर चुनाव भयो भने दुईतिहाइ ल्याएर संविधान संशोधन गरेर देशलाई स्थायित्व, शान्ति, विकासको बाटोमा हामीले लैजान जरुरी छ’, उनले भनेका छन् ।
कम्युनिस्टप्रति आक्रामक देखिएका नेता भट्टराईले भने, ‘रेलको कुरा कम्युनिस्टले कांग्रेसको घोषणा–पत्रबाट कपी गरेका हुन् । कम्युनिस्टले कांग्रेसका कार्यक्रम कपी गर्छन् भन्ने थाहा थियो ।’
‘कम्युनिस्टले उत्तरतिरको मित्र राष्ट्रसँग धेरै अपेक्षा थियो । सी बिचार ल्याउनुभयो । नेकपाले घोषणा–पत्रमा भनेको केही कुरा पनि पूरा भएन’, उनले भने, ‘विदेशीसँग राम्रो सम्बन्ध भएन । घोषणा–पत्र झुठको पुलिन्दा मात्रै छ ।’
कांग्रेस नेता भट्टराईले पानीसँग कम्युनिस्टको उल्टो सम्बन्ध रहेको बताए । माधवकुमार नेपालका कारण नेपालमा लोडसेडिङ भएको उनले बताए ।
‘संविधानमा समस्या आयो भने, तलमाथि भयो भने, कुनै अस्पष्टता आयो भने यसको अन्तिम ब्याख्या गर्ने जिम्मा हामीले सर्वोच्च अदालतलाई छोडेका छौँ’, नेता भट्टराईले भने, ‘ओलीले लोकतन्त्र कहिँ बुझाउँझन् भने ओलीविरुद्ध आन्दोलन गर्नेछौँ ।’

‘सर्वोच्चले निर्वाचन तोकेर ओलीले निर्वाचन गरेनन् भने यिनका विरुद्ध आन्दोलन गर्न र यिनलाई हटाउनुपर्ने अवस्था पनि आउँछ’, चेतावनी शैलीमा भट्टराईले भने, ‘सर्वोच्चले पुनःस्थापना ग¥यो भने त्यो पनि अवस्था आउन सक्छ । सर्वोच्च अदालतले दिने फैसलालाई मान्नुपर्छ ।’
‘संसद पुनःस्थापना भयो भने त्यहाँ कुनै पार्टीको सरकार बन्न सकेन भने के हुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘संविधानमा विश्वासको मत भएन भने फेरि मध्यावधी भनिएको छ ।’
‘मानौँ संसद पुनःस्थापना भयो । ओली र प्रचण्ड मिल्ने कुरै छैन । हामी पनि भनिरहेका छौँ सरकारमा जान हुँदैन भनेर’, भट्टराईले भने, ‘हामी पनि सरकारमा नजाने, उनीहरू पनि नमिल्ने भएपछि सरकार बन्छ कि बन्दैन ? सरकार नबनेपछि के हुन्छ ? त्यसपछि संविधानअनुसार मध्यावधी हुन्छ । त्यसपछि अवस्था बैध हुन्छ ? हाम्रो प्राथमिकता संविधान हो । सत्ता प्राथमिकता होइन । संविधानमा धेरै कमीकमजोरी छन् । सहमतिको दस्ताबेज हो ।’
उनले संविधान बचाउँदै धेरै त्रुटिहरूलाई संशोधन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन् । ‘कांग्रेसले सुकुम्वासीलाई लालपुर्जा थमाइदियौँ । कांग्रेसले नै वृद्ध भत्ता २५ सय पुर्याएको हो । हामीले झुठ बोलेनौँ । ०६४ सालमा समाजिक सुरक्षा भत्ताको व्यवस्था कांग्रेसले गरेको हो’, उनले भने, ‘ओलीले त्यो कार्यक्रम मैले ल्याएको हो भन्नुभएको छ । वैदेशिक रोजगार ऐनको व्यवस्था कांग्रेसले गरेको हो । कांग्रेसले गरेका काममा ओलीजीले दाबी गर्नुभएको छ ।’
‘लकडाउनका बेला कम्युनिस्ट सरकारले केही गरेन । लोकतन्त्र भएको मुलुकले जनतालाई राहत दियो’, उनले भने, ‘नेपालमा जस्तै कम्युनिस्ट सरकार रहेको उत्तर कोरियामा जनतालाई केही गरेन ।’
‘कम्युनिस्टले पैसा कमाएर विदेश राख्ने गर्छन् । भर्जिन आइल्याण्ड भन्ने मुलुक छ । नेपालका कम्युनिस्टको ३० अर्ब पैसा छ’, कांग्रेस नेता भट्टराईले भने, ‘त्यो पैसा राष्ट्र बैंकले रोक्यो । पैसा निकाल्न कम्युनिस्टहरू नेताहरू लागेका छन् । जनतालाई केही नगर्ने । मजदुरलाई धनी कम्युनिस्टलाई गराएका छैनन् ।’
कांग्रेस नेता भट्टराईले कम्युनिस्टलाई आन्दोलन गर्न समस्या रहेको बताएका छन् । ‘भेजिटेरियन आन्दोलनमा जाने हो कि ? नन भेजिटेरियन आन्दोलनमा जाने हो ? सत्ताबाट फुस्किएपछि प्रचण्डलाई ननभेज आन्दोलनको भुत चढेको छ । ओलीविरुद्ध ननभेज हो ? नेपाली जनताका विरुद्ध ननभेज हो ? यही बाटोबाट कम्युनिस्ट सत्ताको स्थापना गर्नको लागि ननभेज आन्दोलन हो ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘विश्लेषण गर्नुपर्ने अहिलेको आवश्यक्ता छ । यो चरित्रले देश बन्न सक्दैन । कम्युनिस्टले मजदुरलाई गरि खान दिएनन्, ट्याक्सी जलाए । ठेला पल्टाएका छन् ।’
‘मध्यावधी हुने कि नहुने ? संसद पुनःस्थापना हुने कि नहुने भन्नेमा आशंका छ । कांग्रेसले आन्दोलन घोषणा गरेको छ’, उनले भने, ‘नेपाल षड्यन्त्रको देश बनेको छ ।’
उनले भने, ‘विकासको कुरा सुन्न पाइएन । ओलीको भाषण सुन्नु परेको छ । जनताको कुरा सुन्न पाइएको छैन । सत्ताको लुछाचुडीमा कम्युनिस्ट छन् ।’

‘विद्या भण्डारीलाई राष्ट्रपतिलाई हटाएर अर्को मान्छेलाई बनाउने आन्दोलन हो कि ? ओली, प्रचण्ड वा माधवलाई अध्यक्ष बनाउने आन्दोलन हो ?’, भट्टराईको प्रश्न छ ।
‘मध्यावधी घोषणा गरेपछि सुकुम्बासीको भोट तान्न सुकुम्बासी आयोग गठनको नाटक भएको छ । कम्युनिस्टलाई सत्ता मोह रहेछ’, उनले भने, ‘उनीहरूलाई केवल सत्ता चाहिएको रहेछ ।’
‘तीन वर्षमा मजदुर, सुकुम्बासी, विपन्न वर्गका बालबच्चाको साहरादिने कुरामा कम्युनिस्टहरू लागेनन् । देशभरि बस्ने मजदुरलाई लकडाउनका बेला सरकारले हेरेन’, कांग्रेस नेता भट्टराईले भने, ‘जनता सयौँ किलो मिटर हिँडेर गए । दाताले दिएको भरमा गए । मजदुरको सरकार टेलिभिजनको पर्दामा मात्रै थियो । मजदुरलाई खुवाउन सरकार कतै भेटिएन ।’
‘सरकार बन्यो भने सुकुरम्बासीले घर पाउँछन्, जग्गा पाउँछन् भन्ने थियो । यो सरकारले काम गरेन’, उनले आरोप लगाएका छन् ।
तनहुँ कांग्रेस नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया