भारतको दश लाख खोप नेपाल उत्रिएपछि जिल खायो चीन, असल साथी हुन सकेन
काठमाडौं । नेपाललाई भारतले १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ ।
भारतले एयर इण्डियाको विमानबाट पठाएको कोरोनाविरुद्धको भ्याक्सिन बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
विमानस्थलमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
भारतले बुधबारदेखि छिमेकी देशहरूमा अनुदानमा कोरोना भ्याक्सिन दिन थालेको छ । भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ ।
सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ ।
भारतमा कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ । भारत बायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको छ ।
नेपाल सरकारले अक्सफोर्ड–अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
भारतले पाकिस्तानलाई भने कोरोनाविरुद्धको भ्याक्सिन दिनेछैन । भुटान, माल्दिभ्सलगायतका मुलुकलाई भारतले कोरोनाविरुद्धको भ्याक्सिन पठाइसकेको छ ।
चीनमा पनि कोरोनाविरुद्धको भ्याक्सिनहरू बनेका छन् । चीनले आफ्ना नागरिकहरूलाई भ्याक्सिन लगाउन थालेको छ । तर, चीनले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिएको छैन । दिन मानेको छैन ।
नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्दै आएको चीनले कोरोनाविरुद्धको खोप दिन आलटाल गरेको छ । चीनले नेपालका उत्तरी नाका समेत सहज रुपमा खोल्न मानेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया