कांग्रेस नेता थकालीको अभिव्यक्तिले बालुवाटार निरास, संविधान भेन्टिलेटरमा पुगेपछि मुख खोले
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनको विरोध गरेका छन् ।
पूर्वमन्त्री थकालीले शनिबार सामाजिक सञ्जालमार्फत ओलीले संविधानलाई मृत्यु शैय्याको भेन्टिलेटरमा पु¥याएको आरोप लगाएका छन् । उनले संसदलाई अकारण भंग गरेको भन्दै आक्रोश पोखेका हुन् ।
‘संसद भंग गरिनु झट्ट हेर्दा लोकतान्त्रिक पद्धतिअन्तर्गत नै भएको आभास दिन खोजिएको छ’, उनले भने, ‘फेरि पनि दोहोराएर भन्छु, सविधान सभा सदस्यको नाताले नेपालको सविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५, ६ को प्रकिया पूरा नगरी नेपालको सविधानको धारा ७६ को उपधारा ७ र धारा ८५ आकर्षित हुन सकदैन ।’
‘मेरो बिचारमा असंवैधानिक तरिकाले संसदको अकारण विघटन गरिनुसँगै वर्तवान संविधान मृत्यु शैय्याको भेन्टिलेटरमा रहेको आभास भइरहेको छ’, पूर्वमन्त्री थकालीले भने, ‘सविधानलाई जीवित राख्ने हो भने संसद पुनःस्थापनाको विकल्प छैन ।’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्रको विवादका कारण संसद संविधान विपरित संसद विघटन गरेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले पनि संसद पुनःस्थापनाको माग गरेका छन् ।
कांग्रेसले पनि ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गइसकेको छ ।
नेता थकालीले ओलीले निर्वाचन गर्नका लागि संसद विघटन गरेको भनेर दिएका अभिव्यक्तिहरूलाई रुचाएका छैनन् । वैशाखमा कुनै पनि हालतमा ओलीले निर्वाचन नगराउने उनको आशंका छ ।
संविधान निर्माणमध्येका एकजना कांग्रेस नेता थकालीको यो अभिव्यक्तिले बालुवाटारलाई निरास बनाइदिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया