स्व.खुमबहादुर खड्काको शालिक बनाउन कांग्रेस नेता योगीद्वारा सहयोग प्रदान

लमही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको शालिक निर्माणका लागि दाङ कांग्रेस नेता शंकर योगीले आर्थिक सहयोग गरेका छन् ।

दाङको क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधि योगीले स्व.खड्काको शालिक निर्माणका लागि व्यक्तिगत रुपमा रु.२५ हजार १ सय ५१ रुपियाँ सहयोग गरेका हुन् ।

कांग्रेसका नेता योगीले स्व.खड्काले दाङ जिल्लामा पुर्‍याएको योगदानको कदरस्वरुप निर्माण हुन लागेको शालिकलाई आफूले व्यक्तिगत रुपमा सानो सहयोग गरेको बताए ।

दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकाको सत्वरियामा कांग्रेस नेता स्व.खड्काको शालिक निर्माणको काम धमाधम भइरहेको छ ।

कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूको सहयोगमा स्व.खड्काको सम्झना स्वरुप शालिक निर्माण गर्न लागिएको सभापति पाण्डेले बताएका छन् ।

कांग्रेसका नेता स्व.खड्काले दाङको विकासमा ठूलो योगदान पुर्‍याएका छन् । खड्काले नै दाङको कायापलट गरिदिएका थिए ।

स्व.खड्काले दाङमा सडक, खानेपानी, सिचाइँ, शिक्षामा ठूलो विकास गरेका थिए । दाङका युवाहरूलाई रोजगारीका साथै व्यापार गर्न चाहनेलाई सहयोग र समर्थन गरेका स्व.खड्कालाई दाङ जिल्लामा धेरैलाई आदर्श र सम्मानका साथ नाम लिन्छन् ।

स्व.खड्काले दाङमा मात्र नभइ देखिका अधिकांश स्थानमा विकासका ठूला कार्यक्रमको योजना बनाउनुका साथै जनताले मागेको ठाउँमा विकास दिएका थिए ।

Published : Wednesday, 2021 January 6, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया