६९ जना डीएसपीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम्् प्रशासन विभागले ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयअनुसार माघ महिनादेखि तलव, भत्ता समेत हाल भएको दरबन्दीबाट खान पाउने गरि नायव उपरीक्षकहरूको सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कविता कटवालको सरुवा भएको छ । ओखढुंगामा गोविन्दराज काफ्लेको सरुवा भएको छ । सिरहाको लहानमा डा.तपनकुमार दाहालको सरुवा भएको छ ।

रसुवामा देवेन्द्र पाण्डे, पश्चिम रुकुममा ध्रुबकुमार श्रेष्ठ, रामेछापमा नवराज ढुंगानाको सरुवा भएको छ ।

दाङमा मुकुन्दप्रसाद रिजाल, सुमित खड्काको अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सरुवा भएको छ ।

Published : Tuesday, 2021 January 5, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया