भक्तपुरमा तरुण दलको विरोध सभा, गगनले सम्बोधन गर्ने

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद गगन थापाले भक्तपुरमा हुने सरकारविरोधी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल तरुण दल मध्यपुर नगर समितिले पुस २४ गते प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध भब्य प्रदर्शनको तयारी गरेको छ ।

तरुण दलको सभालाई युवा नेता थापा, कांग्रेस सभापति दुर्लभ थापा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

ओलीले संसद विघटन गरेपछि कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ ।

पुस २४ शुक्रबार मध्यपुर थिमिको बालकुमारी प्राङ्गणमा बिरोध सभा गर्न लागेको तरुण दलका नगर अध्यक्ष पुरु खड्काले जानकारी दिएका छन् ।

Published : Tuesday, 2021 January 5, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया