ओलीका ‘मास्टरमाइण्ड’ नेताको पद खोसियो, गुरुङलाई ठूलो झड्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एकले अर्को समूहलाई निकाल्ने क्रम चरिहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले केपी ओली समूहका दुई ठूला नेताहरूको पद खोसिदिएको छ ।

प्रचण्ड–माधवले नेकपाको लुम्बिनी र गण्डकी प्रदेशको ईञ्चार्जबाट शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएर नयाँ नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको पार्टी मुख्यालयमा सोमबार बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश ईञ्चार्जबाट पोखरेल र गण्डकी प्रदेशको ईञ्चार्जबाट गुरुङलाई हटाएको हो ।

पोखरेलसँग लुम्बिनी प्रदेशको ईञ्चार्ज पद खोसेर प्रचण्ड–माधव समूहले युवराज ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

गुरुङसँग गण्डकी प्रदेशको ईञ्चार्ज पद खोसेर प्रचण्ड–माधवले देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रचण्ड–माधव समूहले गण्डकी प्रदेश सह–ईञ्चार्ज तुलबहादुर गुरूङलाई तोकेको छ ।
प्रदेश सचिवको जिम्मेवारी श्रीमाया थकालीलाई दिइएको छ ।

प्रधानमन्त्री ओलीसँग निकै निकट मानिएका मुख्यमन्त्री समेत रहेका ईञ्चार्ज पोखरेल ओली समूहको ‘किचन क्याबिनेट’को ‘मास्टरमाइण्ड’का रुपमा परिचित छन् ।

Published : Monday, 2021 January 4, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया