कांग्रेस नेतृ राधा घलेद्वारा अपाङ्ग बालबालिकाहरूलाई न्यानो कपडा प्रदान

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घलेले अपाङ्ग बालबालिकाहरूलाई जोडमा लगाउने न्यानो कपडा उपलब्ध गराएकी छिन् ।

कांग्रेस नेतृ घलेले आइतबार काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनःस्थापन केन्द्र, नेपालका बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो स्वेटर, जुत्ता र टोपी वितरण गरेकी हुन् । उनले बालबालिकाहरूलाई स्वेटर, जुत्ता र टोपी समेत आफै लगाइदिएकी थिइन् ।

सामान उपल्ब्ध गराउने इस्टर्न पोल सहकारीका उपाध्यक्ष तथा एभरेस्ट फूट वेयरका एम.डी. योगेन्द्र पाण्डे र गुराँस स्वेटर उद्योगका एम.डी. कुमार तिमिल्सिनालाई कांग्रेस नेतृ नेतृ घलेले धन्यावाद दिएकी छिन् ।

Published : Sunday, 2021 January 3, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया