कांग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, देउवा–सिटौलाबीच भेट, बालुवाटारमा खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले संविधान विघठन गरेको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ओली सरकारविरुद्ध तीन वटा कार्यक्रम घोषणा गरेको हो । सह–महामन्त्री डा.प्रकाशशरण महतले मंसिर २५, माघ ३ र ८ गते गरि तीन वटा आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।
कांग्रेसले पुस २५ गते देशभरिका ३ सय ३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने डा.महतले बताए । माघ ३ गते ७ सय ५३ स्थानीय तहमा कांग्रेसले प्रदर्शन गर्नेछ ।
माघ ८ गते ६ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय गरेको सह–महामन्त्री डा.महतले बताएका छन् ।
बैठकमा सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको अन्तिम फैसलालाई कांग्रेसले मान्नेभन्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्ने बताए । डा.महतका अनुसार देउवाले पार्टीलाई आन्दोलनमा लैजानुपर्ने पक्षमा धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेको भन्दै देउवाले आन्दोलनमा जानुको बिकल्प नरहेको बताए ।
सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधीन रहेकाले जे फैसला आउँछ त्यसलाई मानेर जाने बताएका थिए ।
‘संसद विघटनको विषय सर्वोच्च अदालतमा छ । त्यसलाई प्रभाव पार्ने गरेर कांग्रेस जाँदैन । सर्वोच्च अदालतलाई दवाव दिँदैन’, देउवाको भनाइ उदृत गर्दै डा.महतले भने, ‘संसद पुनःस्थापना भयो भने पनि मान्य छ । संसद विघटनलाई मान्यता दिएर निर्वाचनमा जाने फैसला भयो भने पनि मान्य छ । निर्वाचन हुने भयो भने समयमा निर्वाचन गराउन दवावका लागि कांग्रेसले आन्दोलन गर्छ । सरकारलाई दवाव दिन्छ ।’
कांग्रेसले जिल्लाहरूलाई केन्द्रको आन्दोलनसँग नजुध्ने गरी थप आन्दोलनका कार्यक्रम गर्न सक्ने सह–महामन्त्री डा.महतले बताएका छन् ।
शनिबार कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवालाई भेटेका थिए । भेटमा देउवा र सिटौलाबीच आन्दोलनमा जानुपर्ने विषयमा सहमति भएको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरूले धारणा राखेका थिए । कांग्रेसको अर्को बैठक पुस २७ गते बस्नेछ ।
कांग्रेसले आन्दोलन घोषणा गरेपछि बालुवाटारलाई तनाब भएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया