फुटेका कम्युनिस्टहरू राष्ट्रिय सभामा एउटै सिटमा खचाखच, नजिकिन थाले कम्युनिस्ट

काठमाडौं । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू सत्तापक्षको बेञ्चमा एकसाथ बसेका छन् ।

शुक्रबारबाट शुरु भएको राष्ट्रिय सभाको बैठकमा नेकपाका सांसदहरू एकै ठाउँमा देखिएका हुन् ।

नेकपा विभाजन भएको छ । निर्वाचन आयोगबाट नेकपा औपचारिक रुपमा विभाजित भएको छैन ।

कानूनी रुपमा विभाजित नभएका नेकपाका सांसदहरू एक साथ सत्तापक्षको बेञ्चमा देखिएका हुन् ।

नेकपाका सांसदहरू विभाजित छन् । तर, शुक्रबारको बैठकमा उनीहरू एकैठाउँमा देखिएका हुन् ।

नेकपाका सांसदहरू बामदेव गौतम, दीनानाथ शर्मा, कोमल ओली, रामनारायण बिडारीलगायतका सांसदहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 January 1, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया