कांग्रेसले होइन, कम्युनिस्टको किचलोले संसद विघटन गर्‍यौँः नेकपाका नेता शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्माले कम्युनिस्टहरूभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन भएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै शर्माले प्रमुख विपक्षी दलको असहपयोगका कारण नभइ आफ्नै कारणले संसद विघटन भएको बताए । उनले प्रतिनिधि सभा विघटन भएकोमा माफी मागेका छन् ।

‘प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण होइन । हाम्रै आन्तरिक र किचलोका कारणले जनप्रतिनिधि संस्था विघटन गर्नु परेको छ’, उनले भनेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा निकट मानिने शर्माले मन फाटेकाले पार्टी विभाजन भएको बताए । उनले राष्ट्रिय सभाको बैठकमा नेकपा विभाजनको असर नपरोस् भनेका छन् ।

Published : Friday, 2021 January 1, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया