बुबाको निधन हुँदा कम्युनिस्ट मेयरले दिए सार्वजनिक विदा
दमक । तत्कालीन नेकपा (एमाले)बाट झापाको कनकाई नगरपालिकाको मेयरमा निर्वाचित राजेन्द्रकुमार पोखरेलले आफ्नो बुबाको निधन हुँदा नगरपालिकामा सार्वजनिक बिदा दिएका छन् ।
मेयर पोखरेलले पूर्वप्रधानपञ्चसमेत रहेका आफ्ना बुबा गणशप्रसाद पोखरेलको निधनमा नगरपालिकाभरि सार्वजनिक विवाद दिएका हुन् ।
पोखरेलका बाबु तत्कालीन सुरूङ्गा गाउँ पञ्चायतमा चार पटक प्रधानपञ्च रहेका थिए । उनको ८७ वर्षका बुधबार निधन भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।
नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ ।
झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ । पोखरेल ओली निकटका मानिन्छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया