‘प्रचण्ड–माधव’ले नेकपाको पैसामा आँखा लगाए, ओली समूहले दियो चेतावनी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनेर बैंकहरूलाई पत्र लेखेका छन् ।

प्रचण्ड र नेपालले बैंकहरूलाई पत्र लेखेर नेकपाको नाममा रहेको खाता रोक्का गरिदिन आग्रह गरेका हुन् । तत्कालीन एमाले पार्टी नाफामा थियो । एमाले र माओवादीबीच एकीकरण भएपछि पनि नेकपा फाइदामा देखिएको थियो ।

नेकपाको नाममा बैंकहरूमा करोडौँ रुपियाँ रहेको नेताहरूले यसअघि पनि बताउने गरेका थिए ।

नेकपाको नाममा कति पैसा छ भनेर अझै जानकारी गराइएको छैन । साबिकको दुवै पार्टीका सम्पत्ति एक ठाउँमा पार्ने काम पनि बाँकीनै थियो ।

नेकपाको बैंक खातामा उल्लेख्य रकम रहेको एक नेताले बताएका छन् । नेकपा विभाजनसँगै नेकपाको सम्पत्तिलाई लिएर दुवै पक्षले दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओली समूहले प्रचण्ड र माधव नेपाललाई नेकपाको सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिइसकेका छन् ।

ओली समूहले पेरिसडाँडाको सम्पत्ति आफूहरूलाई नचाहिनेभन्दै धुम्बाराही र बल्खुको सम्पत्तिमा आँखा नलगाउन भनेको छ ।

नेकपा गठन भएपछि आर्थिक विभाग प्रमुखमा पूर्व माओवादीका हरिबोल गजुरेल थिए । उप–प्रमुखमा पूर्व एमालेका कृष्णगोपाल श्रेष्ठ थिए ।

Published : Wednesday, 2020 December 30, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया