वीरगञ्जमा ओली पक्षीय नेकपाको भव्य भेला, पौडेलद्वारा सम्बोधन
वीरगञ्ज । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं. २ को अगुवा कार्यकर्ता भेला भव्य रुपमा सम्पन्न भएको छ ।
बुधबार वीरगञ्जमा भएको भेलालाई महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गरेको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए । महासचिव पौडेलद्वारा पार्टी विभाजन हुनुको कारण र सरकारको कामकारबाही लगायतका विषयमा भेलामा जानकारी दिएको न्यौपानेले बताए ।
पौडेलले सरकारले राम्रो काम गर्दै जाँदा आफ्नै पार्टीका शीर्ष नेताहरूबाट असहयोग भएको भन्दै दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुवाती दिनदेखि नै बखेडा निकालेको बताए ।
अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलका साथै प्रदेश नं. २ का ईञ्चार्ज एवम् प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश २ अध्यक्ष एवं शहरी विकासमन्त्री प्रभु साह, कानूनमन्त्री लीला श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोलगायत दुई हजारभन्दा धेरै अगुवा नेताहरूको सहभागिता रहेको थियो ।
भेलामा सर्लाही जिल्लाको विशेष उपस्थिति रहेको थियो । प्रदेश नं. २ का अन्य जिल्लाहरूबाट भन्दा सर्लाही जिल्लाबाट धेरै अगुवा नेता कार्यकर्ताहरू भेलामा सहभागी भएका केन्द्रीय सदस्य राजनारायण साहले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया