प्रचण्ड–माधव समूहका शक्तिशाली नेता ओली समूहको भेलामा सहभागी, ढल्यो खम्बा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने प्रयासहरू भइरहेका बेला प्रदेश २ का हस्ती रघुवीर महासेठ प्रधानमन्त्री केपी ओली समूहलाई साथ दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका महासेठले नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहलाई साथ दिएका थिए । दाहाल–नेपाल समूहलाई छाडेर महासेठले ओली समूहलाई साथ दिएका छन् ।
नेकपा विभाजन हुँदा महासेठकी पत्नी जुली महतो ओली समूहतिर बसेकी थिइन् । महासेठ दाहाल–नेपाल समूहतिर गएका थिए ।
ओलीले मन्त्रिपरिषद विस्तार गर्दा जुली महतोलाई मन्त्री बनाएका थिए । पत्नी मन्त्री हुनेवित्तिकै महासेठीले दाहाल–नेपाल समूहलाई परित्याग गरेर ओली समूहमा आएका छन् ।
नेता महासेठ ओली समूहको नेकपाद्वारा वीरगञ्जमा बुधबार आयोजित प्रदेश २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी भएका छन् । उनले भेलालाई सम्बोधन समेत गरेका छन् ।
धनुष जिल्लाबाट तत्कालीन एमालेबाट प्रतिनिधि सभामा विजयी भएका महासेठी मन्त्री समेत बनेका थिए । उनलाई ओलीले नै हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाएका थिए ।
महासेठी प्रदेश २ मा नेकपाका राम्रोमध्यका नेताहरूमा पर्छन् । महासेठले ओलीलाई साथ दिएपछि प्रदेश २ मा दाहाल–नेपाल समूहलाई धक्का लागेको छ । दाहाल–नेपाल समूहको खम्बानै भाँच्चिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया