काठमाडौंमा चीनविरुद्ध नेपाली युवाहरूद्वारा भव्य प्रदर्शन, डरायो ड्रायगन

काठमाडौं । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनविरुद्ध युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको बालुवाटारस्थित चिनियाँ राजदूतावास अगाडि युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले ‘चिनियाँ हस्तक्षेप– मुर्दावाद’, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइँदैन’लगायतका नारावाजी गरेका थिए ।

चिनियाँ राजदूतावास अगाडि सुरक्षार्थ खटिएका प्रहरीले नारावाजीसहित प्रदर्शनमा उत्रिएका युवाहरूलाई पक्राउ गरी भ्यानमा राखेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनमा उत्रिएका युवाहरूले राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपालमा चीनविरुद्ध प्रदर्शन नहोस् भन्ने चाहना राख्दै आएको बेइजिङले आफ्नै राजदूतावास अगाडि भएको प्रदर्शनबाट डराएको छ । चीनले नेपालमा हुने आफूविरुद्धका प्रदर्शनलाई दमन गर्न नेपाल सरकारलाई बेलाबेला दवाव दिने गरेको आरोप लाग्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि बेइजिङबाट चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को अन्तर्राष्ट्रिय विभागका उप–मन्त्री कुओ येचोको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

येचो नेतृत्वको टोली बुधबार बेइजिङ फिर्ता भएको छ । चार दिन काठमाडौंमा बसेको चिनियाँ टोलीले विभाजन भएको नेकपालाई मिल्न र संसद पुनःस्थापना गर्न दवाव दिएको थियो ।

Published : Wednesday, 2020 December 30, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया