नेविसंघद्वारा ओखलढुंगामा रक्तदान, खतिवडासहितका नेता सहभागी
ओखलढुंगा । नेपाल विद्यार्थी संघ (नेविसंघ) ओखलढुंगाले ‘राष्ट्रिय मेलमिलाप दिवस’को अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
नेविसंघले बुधबार ओखलढुंगास्थित युनाइटेड मिसन टू नेपाल ओखलढुंगा सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवर, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, नेता अशोक कार्की, समन्वाय समितिका सदस्य सुन्तला परियार, वडाध्यक्ष विनोद केसी, नेविसंघका पूर्व उप–अध्यक्ष नवीन राई लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराले वीपी कोइरालाले देशलाई मेलमिलापको नीति लिएर नेपाल आएको दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलापको दिवस माउँदै आएको बताए ।
उनले नेविसंघ ओखलढुंगा विद्यार्थीको हकहितसँगै समाजिक सेवामा सधै तल्लिन रहने बताए ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया