कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज
काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला कोरोनाभाइरसको संक्रमणबाट निको भएका छन् ।
कांग्रेसका नेता सिटौला निको भएपछि मंगलबार डिस्चार्ज भएको कांग्रेसका युवा नेता एवम् तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिएका छन् । नेता सिटौलालाई मंसिर २६ गते कोरोना पोजेटिभ भएको थियो ।
उनलाई निमोनिया पनि देखिएको थियो । सिटौलालाई पुस ५ गते काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
‘कोभिड–१९ को संक्रमणबाट बिमारी भएको कारण ह्याम्स अस्पतालमा उपचार गरी स्वस्थ भएर आज घर फिरेको छु’, सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिइएको छ, ‘यस क्रममा मेरो स्वास्थ्यलाभको कामना गर्नु हुने सबै मान्यजन, दिदीबहिनी, दाजुभाईहरूप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु साथै मेरो उपचारमा खटिनु हुने डाक्टर, नर्स एवम् सम्पूर्ण अस्पताल परिवारप्रति आभार प्रकट गर्दछु । अब केही दिनको आरामपछि नियमित भेटघाटमा फर्कनेछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया