कम्युनिस्ट सरकारका भौतिक पूर्वाधारमन्त्री बखास्त

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर नेताहरूका बीच आरोप प्रत्यारोप भइरहेका बेला सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट मानिने मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

बर्खास्तमा परेका मन्त्री बोहरा प्रधानमन्त्री केपी ओली निकटका हुन् ।

मन्त्री बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीलाई नियुक्ति गर्ने तयारी गरेका छन् ।

Published : Tuesday, 2020 December 29, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया