नौं जना एसएसपीको डीआईजीमा बढुवा, ३३ किलो सुनकाण्डमा सफाइ पाएकाको पनि बढुवा

काठमाडौं । बढुवा समितिले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

काठमाडौंमा सोमबार बसेको समितिको बैठकले ९ जना एसएसपीहरूलाई डीआइजी बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सिफारिस सूचीमा प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐर पहिलो नम्बरमा छन । दोस्रोमा पुरुषोत्तम कँडेल, तेस्रोमा राजेशकुमारलाल कर्ण रहेका छन् ।

चौथोमा डा.देवबहादुर बोहरा, पाचौंमा दिवेश लोहनी, छैठौंमा रामकृपाल शाह, सातौंमा उमेश रञ्जितकार, आठौंमा प्रकाश अधिकारी र नवौं नम्बरमा मुकुन्दराज आचार्य परेका छन् ।

एसएसपीबाट डीआईजी बढुवाका लागि सिफारिसमा परेका दिवेश लोहनी ३३ किलो सुन काण्डमा मुछिएर सफाइ पाएका हुन् ।

Published : Tuesday, 2020 December 29, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया