गोकुल बास्कोटको जिल्ला काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको भव्य प्रदर्शन, भ्रष्टलाई कारबाहीको माग

भकुण्डेबेसी । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ ले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमका विरुद्ध प्रदर्शन गरेको छ ।

सोमबार कांग्रेसका हजारौँ कार्यकर्ताले ओली र कम्युनिस्ट सरकारविरुद्ध भकुण्डेबेसीमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा कांग्रेसका युवा नेता गणेश लामा, क्षेत्रीय सभापति तीर्थ लामासहितका नेताहरूको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरूले ओली र कम्युनिस्ट सरकारका विरुद्ध नारावाजी गरेका छन् । उनीहरूले कम्युनिस्ट सरकारलाई विदाइ गर्न माग गरेका छन् ।

नारावाजीका क्रममा वैशाखमा निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचनका लागि नेताहरूले दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

ओलीका विश्वासपात्र एवम् सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन माग गरेको भनेर आरोप लागेपछि मन्त्री पद गुमाएका नेकपाका नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको भकुण्डेबेसीमा कांग्रेसले सोमबार भव्य प्रदर्शन गरेको छ ।

कांग्रेसका नेता कार्यकर्ताहरूले भ्रष्ट कम्युनिस्टहरूलाई कारबाहीको माग पनि गरेका छन् ।

Published : Monday, 2020 December 28, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया