ओली संविधान मिचेर प्रधानमन्त्री बन्नुभयो, भण्डारीले साथ दिनुभयोः तरुण अध्यक्ष बस्नेत
जावलाखेल । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुरुदेखि नै संविधान मिचेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस ललितपुरले जवालाखेलमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले ओलीले प्रधानमन्त्री पदको शपथ लिने बेलानै संविधान मिचेको बताए । त्यस बेला ओलीले संविधान मिच्दा पत्रकार, वुद्धिजीवीहरूले बोल्न नसकेको उनले बताए ।
‘ओलीजीले प्रधानमन्त्रीको शपथ लिने बेलानै संविधान । संविधान राष्ट्रपतिले पनि मिच्नुभयो’, उनले भने, ‘ओलीजी तपाई असंवैधानिक तरिकाले प्रधानमन्त्री बन्नुभएको छ । ओलीजीले संविधान मिचेर शपथ लिँदा त्यस बेला कोही पनि बोल्नुभएन । न पत्रकार बोल्नु भयो । न नेपालका ठूला बुद्धिजीवीहरूनै बोल्नुभयो’, तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘हामी सत्ता बाहिर छौँ । संविधानको रक्षा गर्नुपर्छ । केही गर्ने अवस्थामा छैनौँ । तर, जनतामा गएर खबरदारी गर्न सक्छौँ । हामीसँग जनता छन् ।’
तरुण दलका अध्यक्ष बस्नेतले बालुवाटार बेच्ने नेकपाका नेताहरूलाई ओलीले मन्त्री बनाएर पुरस्कृत गरेको बताएका छन् । ‘बालुवाटार बेच्दा माधवकुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्रीलाई कारबाही हुने तपाई चोखो बस्ने ?’, बस्नेतले प्रश्न गर्दै भने, ‘बालुवाटार बेच्ने एकजना नेकपाका नेता अहिले केपी ओलीका मन्त्री हुनुहुन्छ । उहाँ चोखो बस्नुभएको छ । अदालतको एउटा न्यायाधीश हुनुहुन्छ । उहाँ पनि बालुवाटार बेचेर चोखो हुनुहुन्छ । बालुवाटार बेच्नेहरू कोही पनि चोखो बस्न पाइन्न ।’
तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘जनतामा कांग्रेस जानुको बिकल्प छैन । संगठन गर्नु जरुरी छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया