ललितपुरमा उर्लियो कांग्रेसको जनसागर, ओलीलाई सुध्रिन अमात्य–राणा–बस्नेतद्वारा चेतावनी
जवलाखेल । नेपाली कांग्रेस ललितपुरले संसद विघटनको विरोधमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमविरुद्ध भव्य प्रदर्शन गरेको छ ।
ललितपुरको लगनखेलबाट शुरु भएको विरोध प्रदर्शन जावलाखेलमा पुगेर विरोध सभामा परिणत भएको कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्नुका साथै संविधानको रक्षाका लागि माग गरेको महर्जनले बताए ।
विरोध सभालाई ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहितका नेताहरूले सम्बोधन गरेको युवा नेता महर्जनले जानकारी दिए ।
विरोध सभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले ओलीले संविधानको अधिकारभन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गरेको भन्दै कांग्रेसले संविधान विपरितको गतिविधिको विरोध गर्ने बताए ।
विभागका सचिव महर्जनका अनुसार प्रधानमन्त्री ओलीको कदमविरुद्ध ललितपुरका हजारौँ सर्वसाधार सडकमा उत्रिए विरोध जनाएको बताए ।















बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया