रश्मिलाज् फेसियल हाउसका दम्पत्तिले खुवाए वृद्ध–वृद्धालाई खाना

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरका सञ्चालिका रश्मिला श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठले १३औं वर्षगाँठको उपलक्ष्यमा वृद्ध–वृद्धालाई खाना खुवाएका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा शुक्रबार श्रेष्ठ दम्पत्तिले ५६ जना वृद्ध–वृद्धाहरूलाई खाना खुवाएर विवाहको १३औँ वर्षगाँठ मनाएका हुन् । श्रेष्ठ दम्पत्तिले वृद्ध–वृद्धाहरूको आशीर्वाद लिएका छन् ।

उनीहरूले कोरोना महामारीका बेला फजुल खर्चलाई कटौति गरेर समाज सेवामा लगाएको बताएका छन् ।

श्रेष्ठ दम्पत्तिले सुन्धारास्थित काठमाडौं मल र गोंगबु बसपार्क सामाखुसीमा रहेको बिजी मलमा अन्तराष्ट्रियस्तरको ब्यूटी पार्लरको सेवा दिँदै आएका छन् । पार्लरकी सञ्चालिका रश्मिला श्रेष्ठ आफैमा पनि वरिष्ठ सौन्दर्यविद् हुन् ।

श्रेष्ठ दम्पत्तिले बुढानिलकण्ठमा रहेको मानव सेवा आश्रममा आश्रित ५६ जना वृद्ध–वृद्धाहरूलाई भोजन गराउनुका साथै अन्य सहयोगहरू गराएका छन् ।

संरक्षक प्रकाशकुमार श्रेष्ठका बुबाको दुई महिना अगाडि निधन भएको थियो । शोकमा रहेको श्रेष्ठ परिवारले वृद्ध–वृद्धाहरूलाई खाना खुवाएर १३औँ वर्षगाँठ मनाएको जनाएको छ ।

युवा ब्यवसायी समेत रहेका प्रकाशकुमारका बुवा स्व. गोविन्दबहादुर श्रेष्ठ धादिङ जिल्लाका पहिलो कानून ब्यवसायी तथा बरिष्ठ समाजसेवी हुन् ।

धादिङ तसर्पुमा अवस्थित गरिब जनताहरूलाई निःशुल्क भोजन कार्यक्रममा आर्थिक सेवा गरिने युवा ब्यवसायी श्रेष्ठले बताएका छन् ।

रश्मिलाज फेसियल हाउसले करीव ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकहरूको सेवा सुबिधालाई ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठले बताएकी छिन् । ‘ग्राहकहरूको विश्वास माया अनि हाम्रो कामप्रतिको इमान्दारिता मेहनत र उच्चस्तरीय गुणस्तरीय सेवाले गर्दानै तेह्रौं वर्षसम्म निरन्तर हामीले सेवा दिन पाइरहेका छौँ’, सौन्दर्यविद् श्रेष्ठले बताएकी छिन् ।

काठमाडौं मल र बिजीमलपछि अब छिट्टैनै यहि वर्ष अति सुन्दर, अझै ब्यवस्थित काठमाडौंको मुख्य स्थानमा अर्को भब्य आउटलेट खोल्ने तयारी भइरहेको समेत युवा ब्यवसायी श्रेष्ठले जानकारी दिएका छन् ।

Published : Friday, 2020 December 25, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया