यसरी तयारी गर्यो कास्की कांग्रेसले १३ गते प्रदर्शन
पोखरा । कम्युनिस्ट सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
कास्की कांग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
कास्की क्षेत्र नं १ को अर्घाैं चोक, क्षेत्र नं २ को सभागृह चोक, क्षेत्र नं ३ को पोखरा जिरो किलोमिटर र हरि चोकबाट प्रदर्शन शुरु हुने कास्की कांग्रेसले जनाएको छ ।
क्षेत्रगत रुपमा प्रदर्शन गरिने भएका सम्वन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी हुनेछन् ।
कांग्रेसले पुस १३ मा देशव्यापी रुपमा १६५ वटा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ ।
बैठकले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ गते पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया