नेकपा फुटेपछि रामेछापका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । रामेछाप जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

रामेछापको पकरबास निवासी रोशन बुडाथोकीको बिहीबार नेतृत्वमा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा फुटेकै दोस्रो दिन नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरूलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूलाई लव न्यौपाने, रामचन्द्र खड्काले स्वागत र शुभकामना दिएका छन् ।

कांग्रेसको काठमाडौं–रामेछाप सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश गर्नेहरूमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापा मगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पाशङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ रहेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, शुजन मोक्तान, सागर योञ्जन, सुरेन्द्र पण्डित, गणेश पण्डित, राजकुमार थामी, रविन मोक्तान, अम्बर मगर, मीन मगर, दम्डर मगर, मीनबहादुर मगर, प्रदीप मगर रहेका छन् ।

मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत ५१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2020 December 24, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया