डा.शेखर कोइरालाको भेलामा गगन-दीपकसहितका नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद विघटनका विषयमा कानूनी व्यवसायी र संवैधानिक जानकारहरूसँग छलफल गरेका छन् ।

काठमाडौंमा मंगलबार बिहान भएको छलफलमा डा.कोइरालाले कांग्रेसका नेताहरूलाई पनि बोलाएका थिए ।

उनले कानून व्यवसायी र संविधानविदहरूलाई पनि बोलाएर संसद विघटन र कानूनी जटिलताहरूका बारेमा छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरू दीपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियारको उपस्थिति रहेको थियो ।

अधिवक्ताहरू राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी, डा.भीमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेलको पनि सहभागिता रहेको थियो ।

Published : Tuesday, 2020 December 22, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया